TodayPati

मधेश प्रदेश : बैँकको रकम लुटने तीनजना प्रहरीको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, चैत १३ गते ।

सिरहामा बैँकको ९ लाख रुपैयाँ लुटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतको कार्यालयबाट खटेको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका १३ सुकरामपुर टोल बस्ने ३६ वर्षीय जिवछ बि.क., सोही नगरपालिकाको वडा नं. १९ छपरारी टोल बस्ने ४७ वर्षीय सत्य नारायन मण्डल र कल्याणपुर नगरपालीका वडा नं. ८ अरङ्ग टोल बस्ने ४५ वर्षीय श्याम कुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

Sponsored

प्रहरी टोलिले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सुक्ष्म रुपमा अनुशन्धान गर्दै गत बिहिबार दिउँसो सिरहा नगरपालिका स्थित हेमनारायण चोक स्थितबाट तीनैजनालाई नियन्त्रणमा लिएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।

गत फागुन १० गते दिउँसोको समयमा मिर्चैया नगरपालिका ३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई.एम.ईं बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने कर्मचारीले मिर्चैयाको ग्लोबल आई.एम.ई बैंकबाट ९ लाख रकम निकाली ब्यागमा हाली मोटरसाईकल चलाई कल्याणपुर शाखातर्फ लिएर जाने क्रममा दुईवटा मोटरसाइकलमा आएका ४ जनाले पेस्तोल देखाई रकम लुटेर फरार भएका थिए ।

पक्राउ परेका तीनै जनालाई शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *