TodayPati

धनुषामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम,चैत १३ गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आफैले चलाएको ट्याक्टर दुर्घटना भएर एकजनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णु बहादुर फुयालको आफैले चलाएको ट्याक्टर दुर्घटनामा परेर सोमबार बिहान मृत्यु भएको हो ।

ज १ च ३४३७ ट्याक्टर लिएर बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाने क्रममा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो । अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *