TodayPati

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

टुडेपाटी–
धनगढी, चैत १२ गते ।

कैलालीमा ट्याक्टर दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएका छन् ।

Sponsored

से २ त २८५० नम्बरको ट्याक्टर शनिबार बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको हो ।

उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा मोहन्याल गाउँपालिका ५ की २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विक घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *