TodayPati

बारा २ मा काँग्रेसले उपेन्द्र यादवलाई सघाउने

टुडेपाटी-
जनकपुरधा, चैत १२ गते ।

अगामी बैशाख १० मा बारा २ मा हुने निर्वाचनमा नेपाली काँग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएका छन् ।

शनिबार भएको काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बारा–२ मा जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेका छन् ।

Sponsored

बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ प्रतिनिधिसभा सदस्य पद रिक्त छ । यसअघि ४ मंसिरमा भएको निर्वाचनमा पनि बारा–२ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहलाई समर्थन गरेको थियो ।
गत मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सित दोब्बर बढी मतले पराजय बेहोरेका जसपा अध्यक्ष बारा २ बाट चुनाव जितेर संसद छिर्ने तयारीमा छन् । उनलाई क्कटर दिन जनमत पार्टी र नेकपा एमालेले पनि प्रभावशाली उम्मेदवारको खोजीमा छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *