दाइजो लिएको कसुरमा नेहा चौधरीकी ससुरा पक्राउ
टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।
छोराको बिहेमा दाइजो लिएको निहुमा नेहा चौधरीकी ससुरा पनि पक्राउ परेका छन् । महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय रामप्रवेश चौधरी पक्राउ परेका हुन् । उनी नेहाकी ससुरा हुन् ।
दाइजो मागेकै कसुरमा नेहाकी पति पंकज चौधरी पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कारागारमा छन् ।
फरार रहेका पंकजका पीतालाई पनि लुकिछिपी बसिरहेको अवस्थामा मनरासिसवा नगरपालिका २ कट्टी गाउँ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलेमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच दरार उत्पन्न भएको थियो । नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् ।
पंकजले भने आफूमाथि लगाएको आरोप निधार रहेको दावी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् । नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
Sponsored
सम्बन्धित समाचार–