TodayPati

दाइजोविरुद्धको कसुरमा नेहाकी पति डा. पंकज जेल चलान

टुडेपाटी-
जनकपुरधाम, पुस २२ गते ।

दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरी जेल चलान भएका छन् । उनलाई महोत्तरी जिल्ला अदालतको आदेशमा शुक्रबार पुर्पक्षका लागि जलेश्वर जेल चलान गरिएको हो । जिल्ला अदालत महोत्तरीको इजलास नं. २ का न्यायाधीश द्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले पंकजलाई पुर्पक्षका लागि जेल पठाउन आदेश भएको हो ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै कंकजकी पत्नी औरही–१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसुर मुद्दामा दायर गरेकी थिइन् । शुक्रबार थुनछेक बहस पश्चात पंकजलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिए ।

Sponsored

तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलेमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुबैबीच दरार उत्पन्न भएको थियो । नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् ।

पंकजले भने आफूमाथि लगाएको आरोप निधार रहेको दावी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् । नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *