TodayPati

मधेश प्रदेश : अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु

टुडेपाटी-
सप्तरी, फागुन २४ गते ।

सप्तरीमा हुलाकी सडक खण्डमा अटो आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार सप्तरीको बिष्णुपुर गाउँपालिका १ जमुनी स्थितमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३ स ९६३० नं.को अटो दुर्घटना हुँदा खडक नगरपालिका ८ बिसनपुर बस्ने ४० वर्षीया आमना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

अटो दुर्घटना हुँदा ६ जना सवार रहेकोमा खातुनको शरीरको विभिन्न भागमा चोट लागी बेहोस भएकोमा उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

लास सोही अस्पतालको शव गृहमा सुरक्षित राखिएको र अर्का घाइते भएका बिष्णुपुर गाउँपालिका ६ कटिटोल बस्ने ५५ वर्षीय लक्ष्मि रामको उपचार भइरहेको उनले बताए ।

बाँकी सवारहरु सुरक्षीत रहेको तथा अटो र अटो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *