TodayPati

मधेश प्रज्ञा प्रतिष्ठानले चैतको पहिलो सातामा प्रादेशिक सेमिनारको आयोजना गर्ने

टुडेपाटी–
जनकपुरधाम, फागुन १९ गते ।

मधेश प्रज्ञा प्रतिष्ठानले आगामी चैतमा प्रतिष्ठानको प्रादेशिक सेमिनारको आयोजना गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारले स्थापना गरेको प्रतिष्ठानको कार्यालयको शुभारम्भ भएपश्चात अध्यक्ष रामभरोस कापडि भ्रमरको अध्यक्षतामा बसेको बैठकले विभिन्न चारवटा निर्णय गरेको हो ।

Sponsored

प्रतिष्ठानले प्रतिष्ठानको बजेटमा भएको व्यवस्था अनुसार आगामी चेतको पहिलो सातामा प्रादेशिक सेमिनारको आयोजना गर्ने, चैतदेखि प्रतिष्ठानको गतिविधिहरु समेटिएको त्रैमासिक बुलेटिनको प्रारम्भ गर्ने निर्णय गरेको हो ।

यस्तै, प्रतिष्ठानका अध्यक्ष र सदस्यहरुको विभागीय जिम्मेवारी तय गरिएको हो । जसअनुसार अध्यक्ष कापडिको साहित्य र संस्कृति, सदस्य डा. गोपाल ठाकुरको भाषा र गीत संगीत र दिनेश कुमार यादवलाई कला र नाटकको जिम्मेवारी दिइएको हो ।

यस्तै, सम्बन्धित विभागलाई सहयोग पु¥याउने उदेश्यले एउटा विज्ञ समूहको गठन गरिने निर्णय भएको अध्यक्ष कापडिले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “मधेश प्रज्ञा प्रतिष्ठानले चैतको पहिलो सातामा प्रादेशिक सेमिनारको आयोजना गर्ने

  • March 3, 2023 at 9:30 pm
    Permalink

    Good information .Thanks.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *