TodayPati

नेपाललाई पीएनजीविरुद्ध जितका लागि १८० रनको लक्ष्य

टुडेपाटी–
काठमाडौँ, फागुन १९ गते ।

क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्धको खेल जित्न १ सय ८० रनको लक्ष्य पाएको छ ।

शुक्रबार टस जितेर ब्याटिङ गरेको पपुवा न्यु गिनीदृ ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो ।

Sponsored

ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।

हिरी हिरीले ३१ रन बनाए । यस्तै, गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

Sponsored

एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ६ मध्येको चार खेल जित्नु पर्नेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *