लिटरमा ९ रुपैयाँले बढयो दूधको मूल्य
टुडेपाटी–
काठमाडौं, फागुन १९ गते ।
सरकारले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरेको थियो ।
नयाँ मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।
Sponsored