TodayPati

अग्निसाइर कृष्णासवरण गापामा अत्यावश्यक बाहेक सम्पूर्ण कामकाज अनिश्चितकालका लागि स्थगित

शुभ नारायण यादव–
सप्तरी, फागुन १८ गते ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आकस्मिक सेवाहरु बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।

गाउँपालिकाको अति आवश्यक कामकाज बाहेत सम्पूर्ण कामकाज ठप्प गरेपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

Sponsored

फागुन १७ गत्ते अग्निसाइर कृष्णासवरणका अध्यक्ष दिनानाथ चौधरीले मादक पदार्थ सेवन गरि उनले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको गाडीमा सवार भई कार्यालय समय भित्र कार्यालयमा प्रवेश गरि कार्यालयको सम्पूर्ण कर्मचारीहरुलाई गाली गलौच अपशब्द, थर्काउने जस्ता अनुचित कार्य एवं आफुले धारण गरेको सार्वजनिक पद एवं मर्यादा बिपरितका कार्यहरु गरेकोले, आकस्मिक सेवाहरु बाहेक अर्को सूचना प्रकाशन नहुन्जेल सम्म अग्निसाइर कृष्णासवरण गाउँपालिकाका सम्पूर्ण काम काज स्थगन गरिएको सूचनामा उल्लेख छ ।

यता, सो सम्बन्धमा गाउँपालिका अध्यक्ष दिनानाथ चोधरिसग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *