यूएईलाई हराउँदै नेपाल विश्वकपमा
टुडेपाटी–
काठमाडौँ, फागुन १८ गते ।
नेपालले यूएईलाई ७ रनले हराउँदै यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा नेपालले रोमान्चक जित निकाल्दै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।
नेपाल सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
१९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो ।
यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको थियो ।
Sponsored
यता, यूएईसँग आज भएको विश्वकप लिग २ मा सिनियर टिम पराजित भएको छ ।