जानकी मन्दिरमा कार्यक्रम गर्न रोक
टुडेपाटी–
जनकपुरधाम, फागुन १८ गते ।
जानकी मन्दिरमा मन्दिरको परिसरमा कुनै पनि कार्यक्रम गर्नमा रोक लगाइएको छ ।
हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा पछिल्लो समय विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएकोमा त्यस्ता कार्यक्रमहरुलाई रोक लगाउने निर्णय भएको हो ।
बिहिबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकवाट जानकी मंन्दिर परिसरमा मंन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृति कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरेको हो ।
वैठकमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
Sponsored