TodayPati

मुंगालाल मोहन स्मृति प्रतिष्ठानद्धारा मिथिला नगरपालिका भित्रका सहिद परिवारलाई राहत

टुडेपाटी-
जनकपुरधाम, वैशाख १९ गते ।

धनुषाको ढल्केवरस्थ्ति सहिद मुंगालाल मोहन स्मृति प्रतिष्ठानले लकडाउनमा सहिद परिवारहरुलाई राहत वितरण गरेको छ । पञ्चायती व्यवस्था, जनयुद्ध, मधेसको हकअधिकारकालागि भएको संघर्ष लगायतका आन्दोलनमा सहादत दिएका परिवारलाई बिहीवार राहत वितरण गरिएको हो ।

लकडाउनमा खाद्यन्न किन्न प्रत्येक सहिद परिवारलाई २ हजार १ सय रुपैँयाको दरले प्रतिष्ठानले राहत प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष रामकुमार महतोले जानकारी दिए । उनका अनुसार मिथिला नगरपालिकाभित्र २०३६ सालयता भएको विभिन्न संघर्षमा २१ जनाले सहादत दिएका छन् ।

Sponsored

सहिद परिवारको घरघरमै पुगेर खाद्यन्न रकम हस्ताण्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष महतोले बताए । राहत वितरण कार्यक्रममा उपाध्यक्ष धनिकलाल महतो, सचिव नथुनी कुश्वाहा, सदस्यहरु राजलाल महतो र शिव महतो लगायतका व्यक्तिहरु सहभागी भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *