TodayPati

नेपालमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

टुडेपाटी-
काठमाडौं, वैशाख १९ गते ।

कोरोना भाइरस नेपालमा थप दुई जनामा पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको छ । अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको जनाइएको छ ।

Sponsored

उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् । तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । मन्त्रालयले यसबारेमा केही समयमा आधिकारिक जानकारी दिने भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *