सडक नै नभएको ठाउँमा पुल बनाउनेविरुद्ध भ्रष्टाचार मुद्दा
टुडेपाटी–
काठमाडौँ, फागुन १४ गते ।
सडक नै नभएको ठाउँमा पुल बनाउनेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गोरखाको गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सचिव मरहट्टासहित प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।