TodayPati

जनकपुरमा जलाउन लगेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लियो

टुडेपाटी

जनकपुरधाम, १२ फागुन ।

जनकपुरधाममा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको शमशान घाटबाट जलाउन ठिक्क पारिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा बस्दै आएकी ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

Sponsored


श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिएको जनाइएको छ । मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले घाटमा जलाउन लगेको एक महिलाको शव प्रहरीले उजुरीका आधारमा नियन्त्रणमा लिएको जानकारी दिए ।


सुनितालाई उनका श्रीमान शेखर बहादुर कार्कीले कुटपिट गरेर मारेको भन्ने उजुरीका आधारमा प्रहरीले घटनाको जाँचबुझका लागि मृतकको शव नियन्त्रणमा लिएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ बस्ने ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना कवाडको काम गर्ने मजदुर हुन् ।

Sponsored


मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *