TodayPati

कमला नदीमा अबैध उत्खनन गरेर बालुवा लगिरहेका २ वटा टिपर प्रहरीको नियन्त्रणमा

टुडेपाटी–
जनकपुरधाम, फागुन १० गते ।

कमला नदीबाट अबैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गरे लगिरहेका दुईवटा पिटरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार मध्यरातिमा कमला खोलाबाट अवैध बालुवा÷गिट्टी उतखन्न गरि ल्याई रहेको गोप्य सूचनाको अधारमा खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १ शहिद चोक स्थितमा बेंगाशिवपुरतर्फबाट आउदै गरेको बालुवा लोड रहेका र भ्याट विल समेत नभएका दुईवटा पिटरलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Sponsored

नियन्त्रणमा लिइएको दुवै टिपर आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाईएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *