TodayPati

मधेश प्रदेश : आगोले पोलेर एक महिलाको मृत्यु

शुभ नारायण यादव–
सप्तरी,, फागुन १० गते ।

सप्तरीमा आगोले पोलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्युु भएको छ ।

सप्तरीको अग्निसाईर कृष्णाशवरण गाउपालिका वडा नं. ३ मटिगढा बस्ने बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतले आफनै घर पछाडि बाटोमा बालेको घुर तापने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् ।

Sponsored

साडिमा आगो सलकी छाति देखी मुनि सम्म पोली गम्भीर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो ।

उपचार पछि डिस्चार्ज भई साबिक घर खडक नगरपालिका वडा नं. ११ बनौली लगिएकोमा पुनः अवस्था बिगरी बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार पश्चात थप उपचारको लागी पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रवक्ता नरेशकुमार सिहले जानकारी दिए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *