जनकपुर यातायात कार्यालयबाट दुई दलाल प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।
यातायात व्यवस्था कार्यालय जनकपुरबाट दलाल आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका –३ का ३५ वर्षीय विरेन्द्र साह छन् ।
उनीहरुलाई बुधबार सवा ३ बजेको समयमा जनकपुरको मुजेलिया स्थित रहेको यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिइ बिचौलियाको काम गरि रहेको गोप्य सूचनाको अधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तोकेको भन्दा बढी कर शुल्क लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored