TodayPati

महोत्तरीमा १७ लाख भारु रुपैयाँसहित एकजना पक्राउ

टुडेपाटी–
महोत्तरी, फागुन २ गते ।

महोत्तरी प्रहरीले भारतीय प्रतिबन्धित १७ लाख भारु रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका ८ बस्ने २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरी टोलीले नेपाल–भारतको सिमानाबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६६६४ नंम्बरको मोटरसाईकलको ट्याङ्की भित्रबाट भारु रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक संतोष कुमार पोखरेलले जानकारी दिए ।

प्रहरीले युवकको साथबाट प्रतिबन्धित भारतीय नोट ५ सयको ३ हजार ४ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

युवकलाई आवश्यक कारवाहीका लागि रुपैयाँसहित राजश्‍व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *