सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानको सिंचाइ विद्युत महसुल तिरिदिने
टुडेपाटी-
सर्लाही, फागुन २ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ । कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पु¥याउन पालिकाले यस्तो निर्णय गरेको हो ।
किसानले जडान भएको कृषि विद्युत् मिटरमा उठेको विद्युत् मिटर महसुल गाउँपालिकाको का¥यालयले एकमुष्ट रूपमा नेपाल विद्युत् प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
सिँचाइ क्षेत्र विस्तार भएर खेत खेतमा सहज सिँचाइ उपलब्ध भएमा किसानको कृषि उत्पादन बढने र आर्थिक आम्दानीमा वृद्धिमा उल्लेखनीय योगदान पुग्ने उनले बताए। कृषि मिटर जडान गर्दा लाग्ने सबै राजस्व गाउँपालिकाले तिर्ने उनले बताए ।
तर, पोखरीका लागि प्रयोग गरिने विद्युत् व्यवसायिक प्रयोजनको लागि हुने भन्दै विद्युत् मिटरको महसुल पोखरी मालिक वा पोखरी ठेक्का लिएका ठेकेदार स्वंयले तिर्नुपर्ने गाउँपालिकाले निर्णय गरेको छ ।
फागुन १ गतेदेखि खेत खेतमा कृषि मिटर जडान अभियान सञ्चालन भएको छ। नेपाल विद्युत् प्राधिकरण मलगंवा वितरण केन्द्रको सहकार्यमा चन्द्रनगर गाउँपालिकाले गाउँपालिकामा नै विद्युत् मिटर फारम भर्ने र बुझाउने व्यवस्था मिलाएको छ।
Sponsored
यसले मलगंवा धाउने समय, खर्च र परेशानीबाट किसानहरू मुक्त हुने प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले बताए ।