TodayPati

मधेश प्रदेश : स्रोत नखुलेको आठ लाख रुपैयाँसहित युवक पक्राउ

टुडेपाटी–
काठमाडौँ, माघ २९ गते ।

स्रोत नखुलेको नेपाली नगद आठ लाख रुपैयाँसहित पर्सामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ का २५ वर्षीय रामप्रवेश कुमार रहेका छन् ।

Sponsored

रामप्रवेशले हेल्मेटमा लुकाएर स्रोत नखुलेको आठ लाख रुपैयाँ ल्याइरहेको अवस्थामा वीरगन्जबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीको मोबाइल टोलीले जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एभी ३४७७ नम्बरको मोटर साइकलमा सवार रामप्रवेशले हेल्मेटमा नगद लुकाएर ल्याइरहेको फेला पारेको थियो ।

प्रहरीले उनको साथमा एक हजार रुपैयाँ दरको नोट ७ लाख ५० हजार र एक सय रुपैयाँको नोट ५० हजार गरी आठ लाख रुपैयाँ बरामद गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *