TodayPati

मधेश सरकारले सवारी साधनको मर्मतमै खर्चे १८ करोडभन्दा बढी रकम

टुडेपाटी–
जनकपुरधाम, माघ २९ गते ।

मधेश प्रदेश सरकारले सवारी साधनको मर्मतको नाममा चार वर्षमा १८ करोडभन्दा बढी रकम खर्च गरेको खुलेको छ ।

मधेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा सवारी साधन मर्मत खर्च वापत १८ करोड २० लाख १२ हजार १४३ रुपैयाँ खर्चेको प्रदेश लेखा कार्यालयले जनाएको छ ।

Sponsored

आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन मर्मत खर्च वापत ३ करोड ३९ लाख २८ हजार २४१, आव २०७६/७७ मा ४ करोड ४ लाख ७७ हजार ६१८, आव २०७७/७८ मा ४ करोड ९२ लाख ६३ हजार ५१२ रुपैयाँ मधेश सरकारले सवारी साधन मर्मत वापत खर्च गरेको छ ।

यस्तै गत आव २०७८/७९ मा ५ करोड ८३ लाख ४२ हजार ७७२ रुपैयाँ सवारी साधन मर्मत वापत खर्चेको प्रदेश लेखा कार्यालयको तथ्यांक छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *