मधेश प्रदेशमा दुध उत्पादनमा कमी
टुडेपाटी–
जनकपुरधाम, माघ २७ गते ।
मधेश प्रदेशमा दुघ उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मधेश प्रदेशमा पछिल्लो वर्षको तुल्नामा ६.०३ प्रतिशतले दुघ उत्पादनमा ह्राउ आएको नेपाल राष्ट्र बैँकको तथ्यांक छ ।
नेपाल राष्ट्र बैँकको तथ्यांक अनुसार मधेश प्रदेशमा गत आवमा ६० करोड ५ लाख ९५ हजार लिटर दुधको उत्पादन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा भने ६३ करोड ९१ लख ६ हजार लिटर दुधको उत्पादन भएको थियो ।
समिक्षा वर्षमा कुल दुध उत्पादनमध्ये सिरहामा सबैभन्दा बढी २१ प्रतिशत र रौतहटमा सबैभन्दा कम ३.४८ प्रतिशत दुधको उत्पादन भएको तथ्यांक छ ।
सिरहामा १२ करोड ६१ लख ४१ हजार लिटर दुधको उत्पादन भएको छ भने पर्सामा १२ करोड १३ लाख ६२ हजार लिटर दुधको उत्पादन भएको तथ्यांक छ ।
यस्तै, सर्लाहीमा ८ करोड ३३ लाख ६ हजार, महोत्तरीमा ८ करोड १७ लाख ८९ हजार, बारामा ७ करोड ७१ लख ९२ हजार, सप्तरीमा ४ करोड ९७ लाख ९० हजार लिटर, धनुषामा ४ करोड १ लाख ५ हजार लिटर दुधको उत्पादन भएको छ ।
Sponsored
यस्तै, रौतहटमा २ करोड ९ लाख १० हजार लिटर दुध उत्पादन भएको तथ्यांक छ ।