TodayPati

वैकल्पिक शक्तिलाई स्थापित दलहरुले नै सिध्याउने गरेको सीके राउतको आरोप

टुडेपाटी–
काठमाडौँ, माघ २७ गते ।

वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आरोप लगाएका छन्।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै राउतले यस्तो बताएका हुन्।

Sponsored

उनले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

अध्यक्ष राउतले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरुले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।

राउतले सबै वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताए। उनले वैकल्पिक शक्तिहरु एकठाउँमा बसेर क्रान्तिको बिजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्नसक्ने दाबी गरे।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *