मधेश प्रदेश : नक्कली नोटसहित दुईजना पक्राउ
टुडेपाटी–
लहान, माघ २२ गते ।
सिरहाबाट चारलाखभन्दा बढी नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नक्कली चार लाख पैँतीस हजार रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नपा १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।
सिरहाको लहान नगरपालिका ८ स्थित पशुपति माध्यमिक विद्यार्थी नजिकको रोडबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट एक हजार दरका चार सय ३५ थान नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, सात थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँसमेत बरामद भएको छ।
Sponsored
पक्राउ परेका उनीहरुलाई सामानसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय, लहानमा बुझाइएको छ।