मधेश प्रदेश : स्वतन्त्र सांसद कलवार जसपामा प्रवेश
टुडेपाटी-
जनकपुरधाम, माघ २२ गते
बारामा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
बारा २ (१) बाट निर्वाचित कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टीमा प्रवेश गराएका हुन् ।
कलवार बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत ल्याएर एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय भएका थिए ।
यसअघि महोत्तरी २ (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।
Sponsored