मधेश प्रदेश : डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई युवक पक्राउ
टुडेपाटी–
रौतहट, माघ १९ गते ।
रौतहट प्रहरीले डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुईजना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका ५ कोईरीटोल बस्ने १९ वर्षीय राहुल यादव र सोही नगरपालिकाको वडा नं. ४ बस्ने १९ वर्षीय रवि यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधबार गौर २ लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त बसेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटेको प्रहरी टोलीले सर्च अप्रेशन गर्दै जाँदा दुबैजनालाई नियन्त्रणमा लिने क्रममा राहुलले बोकेको चक्कु प्रहार गर्दा प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हातमा काटिए थिए ।
त्यसपश्चात प्रहरीले ५४ टाइप ठुलो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाईफायर गरी राहुललाई चक्कु र कैँची १÷१ थान सहित नियन्त्रणमा लिएको र अर्का फरार व्यक्तिलाई बिहिबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored