नेपालबाट लगिएको देवशिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण
टुडेपाटी–
जनकपुरधाम, माघ १९ गते ।
नेपालको कालीगण्डकी नदीबाट अयोध्यास्थित राम जन्मभूमिमा भगवान रामको मूर्ति निर्माणका लागि लगिएको शिला राम मन्दिर निर्माण ट्र्रस्टलाई हस्तानान्तरण गरिएको छ ।
एक समारोहबीच बिहीबार अयोध्यामा जनकपुरधामको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् ।
समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तानान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट गएका सयौं मानिसहरूको सहभागिता थियो ।
रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ ।
७ फिट लम्बाई, ५ फिट चौडाई र ३.५ फिट मोटाईका २ थान शिला म्याग्दीबाट दुईवटा लहरीमा अयोध्या पु¥याइएको हो ।
Sponsored