TodayPati

महोत्तरीबाट पाँचजना बिचौलिया पक्राउ

टुडेपाटी–
महोत्तरी, माघ १७ गते ।

बिचौलियाको आरोपमा महोत्तरी प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।

महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sponsored

सेवाग्राहीलाई काम गराइदिने भन्दै विभिन्न बहानामा ठगी गरेको गुनासोहरु बढ्न थालेपछि यस्ता कार्य गर्ने बिचौलियाहरुलाई नियन्त्रणमा लिन सोमबारदेखि नै प्रहरीको विशेष टोली परिचालन गरिएको थियो ।

प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडीबाट चारजना र मालपोत कार्यालय अगाडीबाट एकजनालाई पक्राउ गरी छाडेकोमा मंगलबारसमेत थप पाँचजनालाई नियन्त्रणमा लिएको हो ।

मंगलवार पक्राउ परेकाहरुलाई अनुसन्धान गरी दोषी देखिए कानुनी प्रकृयामा जाने प्रहरी उपरीक्षक पंगेनीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *