नीति तथा योजना आयोगका उपाध्याक्ष भागेन्द्र झाले दिए राजीनामा
टुडेपाटी–
जनकपुरधाम, माघ १७ गते ।
मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
२०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त भएका झा चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् ।
यसअघि रहेका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रको प्राध्यापकबाट केही वर्षअघि अवकाश भएका डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रूपमा चिनिन्छन् ।
Sponsored