दिलीप महतोको मुद्दामा आज अदालतमा सुनुवाई हुँदै
टुडेपाटी–
जनकपुरधाम, माघ ११ गते ।
दिलीप महतोको मुद्दामा बुधबार जिल्ला अदालत धनुषामा सुनुवाई हुने भएको छ ।
धनुषाको औरही खोलामा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननको विरोध गर्दा मारिएका ओमप्रकाश महतो (दिलीप) को मुद्दा जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासमा पेसी तोकिएको छ ।
यसअघि मुद्दा दर्ता भएको करिब तीन वर्षमा मंसिर २८ गते सुनुवाइ भएको थियो ।
त्यसदिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा दिलीपले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए ।
Sponsored