मधेश प्रदेश : माओवादी केन्द्रका दुई सांसदले लिए पद तथा गोपनीयताको सपथ
टुडेपाटी–
जनकपुरधाम, माघ ११ गते ।
मधेश प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका दुई समानुपातिक सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बुधबार नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा निर्वाचित माला कर्ण र मो. रजी हैदरले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले दुवै जनालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
सर्वोच्च अदालतमा दुवैजना विरुद्ध मुद्दा परेपछि दुवैजनाको शपथ ग्रहण रोकिएको थियो। सर्वोच्चको आदेश आएपछि दुवैजनाले शपथ ग्रहण गरेका हुन्।
कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिएका हुन्।
Sponsored