मधेश प्रदेश : मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
टुडेपाटी–
सर्लाही, माघ ९ गते ।
सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा हरिपूर्वा नगरपालिका ९ बस्ने ३४ वर्षीय जोगी राय यादवको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
हरिपूर्वा १ स्थित भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका थिए ।
उनलाई जनकपुरधाममा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
Sponsored