मधेश प्रदेशमा अढाई सय प्रतिशतले बढे पर्यटक
टुडेपाटी–
जनकपुरधाम, माघ ८ गते ।
मधेश प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ।
आठ वटा जिल्ला रहेको मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा २० हजार ७३३ जना आएका छन्।
नेपाल राष्ट्र बैँक जनकपुर कार्यालयले सार्वजनिक गरेको वर्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुल्नामा यस वर्ष २५४.५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार ०७७/७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८४७ मात्रे थियो। गत वर्ष ५७.३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो ।
समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा विग वर्षमा कोभिड १९ ले पर्यटक आगमन ठप्प रहेकोमा सोको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आई सो क्षेत्रको गतिविधि बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
०७८/७९ मा आउने पर्यटकमध्ये ९०.६९ प्रतिशत पर्यटक भारतीय नागरिक छन्। यस्तै, चीनबाट १.८३ प्रतिशत र तेस्रो मुलुकबाट ७.४८ प्रतिशत पर्यटक आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
Sponsored