TodayPati

प्रेममा खटपट भएपछि युवकले लगाए आफैँमाथि आगो

टुडेपाटी–
काठमाडौं, माघ ५ गते ।

प्रेम सम्बन्धमा आएको खटपटका कारण काठमाडौंमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिहिबार सुन्धारास्थित सिभिल मलको भुईं तलामा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् ।

Sponsored

आफ्नो शरीरमा आफैँले पेट्रोल छर्की आगो लगाएपछि स्थानीय र सिभिल मलका सुरक्षा गार्डले आगो निभाएका थिए ।

काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार प्रेम सम्बन्धकै कारण आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घाइते गुरुङलाई उपचारका लागि सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

Sponsored

उनको अनुहार र शरीरका विभिन्न भाग आगोले जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *