मधेश प्रदेश प्रहरी प्रमुख कुँवर हाजिर
टुडेपाटी–
जनकपुरधाम, माघ ४ गते ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवर हाजिर भएका छन् ।
केही दिन अघि सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएकोमा मधेश प्रदेश प्रहरी प्रमुख कुँवर बुधबार कार्यालयमा हाजिर भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, कार्य निर्देशनालय नक्साल काठमाण्डौबाट मधेश प्रदेश प्रहरी कार्यालयमा कुँवर सरूवा भएर आएका छन् ।