TodayPati

प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो उखुको बिक्री मूल्य

टुडेपाटी–
काठमाडौँ, माघ ४ गते ।

उखुको बिक्री मूल्य सरकारले प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल २० रुपैयाँ उखुको मूल्य बढाएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन्।

Sponsored

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा बिक्री मूल्य निर्धारण गरिएको छ ।

उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४० रुपैयाँ तोकिएको र ७० रुपैयाँ सरकारले ढुवानीका लागि अनुदान दिने निर्णय गरेको हो।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ तोकेको थियो भने ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ कायम गरेर कुल मूल्य ५ सय ९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको थियो।

Sponsored

अहिले सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपैयाँले वृद्धि गरेर नयाँ मूल्य तोकेको हो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *