मधेश प्रदेश : एक लाख ४० हजार घुससहित इन्जिनियर पक्राउ
टुडेपाटी-
सप्तरी, माघ ३ गते ।
सप्तरीमा एकलाख ४० हजार घुस रकमसहित इन्जिनियर पक्राउ परेका छन् ।
शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले इन्जिनियरलाई पक्राउ गरेको छ ।
सेवाग्राहीबाट एक लाख चालीस हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा रकमसहित उनको कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालयले जनाएको छ ।
Sponsored