जनमतद्वारा खानेपानी मन्त्रालय अस्वीकार
टुडेपाटी-
काठमाडौँ, माघ ३ गते ।
जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको छ ।
भागबण्डामा जनमतलाई खानेपानी मन्त्रालय परेको भएपनि पार्टीले सो मन्त्रालयले अस्वीकार गरेको हो ।
खानेपानी मन्त्रीमा नियुक्त भएका जनमतका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने बताए ।
उनले सरकारको नेतृत्वको गरेको दलले आफुहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय पार्टीले अस्वीकार गरेको बताए ।
सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले सरकारलाई दिएको समर्थन पार्टीले कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको बताए ।
Sponsored