TodayPati

सर्लाहीमा बच्चाको झगडालाई लिएर कुटाकुट हुँदा महिलाको ज्यान गयो

टुडेपाटी-

सर्लाही, वैशाख १६ गते ।

सर्लाहीमा बच्चाको झै-झगडालाई लिएर कुटाकुट भएपछि एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोही ठाउँका खोदधी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

कुटपिटमा संलग्नमध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको छ । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरको शवगृहमा राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *