TodayPati

मेयर उपमेयरसंगै योजना निरीक्षणमा गएका ढल्केबरका वडाध्यक्ष उप्रेतीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम,वैशाख १६ गते ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केबरका वडाध्यक्ष युवराज उप्रेतीको ५५ वर्षको उमेरमा मंगलबार अपराह्न ५ बजे हृदयघातधाट निधन भएको छ ।

अाफ्नै वडामा पर्ने पर्यटकीय स्थल मिथिला सागर पोखरियामा योजना निरीक्षणमा मंगलबार दिउँसो मेयर हरिनारायण महतो, उपमेयर तारा लामा सहित इन्जिनियरको टोलीसंगै वडाध्यक्ष उप्रेती गएको बेला हृदयघात भएको हो । मेयर महतोका अनुसार योजना निरीक्षणको क्रममा एकाएक हृदयघात भएर ढलेपछि उनलाई उपचारको लागि जनकपुर लैजादै गर्दा बाटोमै मृत्युु भएको हो । उप्रेती पूर्व माअोवादीबाट वडाध्यमा निर्वाचित भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *