TodayPati

राहत वितरणमा अनियमितता गरेको भन्दै सप्तरीमा महिलाले लगाइन् ताला

टुडेपाटी-

सप्तरी, वैशाख १६ गते ।

सप्तरीमा महिलाहरुले वडा कार्यालय र राहत गोदाममा तालाबन्दी गरेका छन् ।

Sponsored

सप्तरीको कञ्चनरूप नगरपालिका-९ को वडा कार्यालय र राहत गोदाममा स्थानीय महिलाहरूले वडा अध्यक्ष लक्ष्मण यादवले राहत वितरणमा अनियमिता गरेको भन्दै मंगलबार महिलाहरूको एक समूहले वडा कार्यालय र राहत गोदाममा ताला लगाएका हुन् ।

लकडाउनका कारण समस्यामा परेका गरिब विपन्नलाई दिनुपर्ने राहतका लागि मनपरी ढंगले सूची तयार गरेपछि महिलाहरूले तालाबन्दी गरेको स्थानीय भोला यादवले बताए ।

वडा कार्यालयले राहतका लागि ५ सय परिवारको सूची तयार पारेका छन् । तर, उक्त सूचीमा अपाङ्ग, विपन्न तथा दलितलाई समावेश गरिएका छैन । वडाध्यक्ष यादवले आफ्ना धनी कार्यकर्तालाई पनि सूचीमा पारेको स्थानीयहरुले आरोप लगाएका छन् ।

Sponsored

राहत वितरणमा वडाध्यक्ष यादवले अनियमितता गरी भ्रष्टाचार गर्न खोजेको पनि दलित महिलाहरूले आरोप लगाएका छन् भने जनप्रतिनिधिहरुलाई पारदर्शी ढंगले राहत वितरण गर्न माग गरेका हुन् ।

नगरपालिकाले राहतका वितरणका लागि वडालाई ५ लाख ४ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *