TodayPati

धनुषामा घाइते फेला परेको चिनियाँ सालकलाई उपचारपछि जंगलमा छोडियो

टुडेपाटी–
जनकपुरधाम, पुस २८ गते ।

धनुषामा घाइते अवस्थामा फेला परेको सालकलाई उद्धार र उपाचारपछि प्राकृतिक वासस्थानमा छोडिएको छ।

टाउकोमा चोट लागेको सालकलाई तीन दिनको उपचारपछि प्राकृतिक वासस्थानमा छोडिएको डिभिजन वन कार्यालय, धनुषाका अधिकृत बेचन चौधरीले बताए।

Sponsored

कमीला धमिरा मात्र खाने सालकलाई धरै दिन नियन्त्रणमा लिन नसकिने हुँदा हिँडडुल गर्न थालेपछि चुरे क्षेत्रभित्रको सामुदायिक वनमा छोडिएको उनले बताए ।

मिथिला नगरपालिका–४ मा पर्ने भाटेघारी सामुदायिक वनका पदाधिकारीको रोहवरमा सालकलाई वन क्षेत्रमा छोडिएको उनले बताए।

सालकलाई कमला नदीसँगैको जनकनन्दनी गाउँपालिका–४ को खजुरी चनाहा गाउँबाट पुसको पहिला साता प्रहरी तथा संरक्षणकर्मीले उद्धार गरेका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *