TodayPati

मधेश प्रदेश : अर्थ र भौतिक पूर्वाधारसहित ३ मन्त्रालयमा एमालेको दाबी

टुडेपाटी–
जनकपुरधाम, पुस २८ गते ।

मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले प्रदेश सरकारमा ३ वटा मन्त्रालयमा दाबी गरेको छ ।

एमालेले अर्थ, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयको दाबी गरिरहेको सांसद शारदा देवी थापाले बताइन् । प्रदेशमा १० वटा मन्त्रालय छन् ।

Sponsored

सत्तारुढ दलहरुको भागवण्डामा एमालेले मधेशको सभामुख पद पनि पाएको छ ।

२०७४ सालको निर्वाचनपछि गठन भएको प्रदेश सरकारमा एमाले पाँचै वर्ष सरकारबाहिर थियो ।

यसपटक २३ सिटसहित पहिलो शक्ति बनेको एमालेले १६ सिटको जसपालाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

Sponsored

६३ सांसदको समर्थनमा बुधबार जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार उनले पद तथा गोपनीयताको सपथ लिने छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *