क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा
टुडेपाटी
जनकपुरधाम, पुस २८ गते ।
बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई २०धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनीसँग २० लाख रुपैयाँ माग गरिएको र विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए।
Sponsored