TodayPati

मधेश प्रदेश: निसासिएर दुई मजदुरको मृत्यु

टुडेपाटी-
वीरगन्ज, पुस २८ गते ।

पर्सामा कोइला बालेर सुतेका दुई मजदुरको निसासिएर मृत्यु भएको छ। मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथिलेश यादव छन् ।

दुबैजना वीरगन्ज महानगरपालिका–२२ जगरथानपुरस्थित त्रिपति ट्रेडिङ एन्ड सप्लायर्समा कार्यरत थिए ।

Sponsored

कोइला डिपोको एकतले पक्की भवनको कोठामा झ्याल-ढोका बन्द गरी सुतेका उनीहरु बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
बिहान १० बजेसम्म उनीहरु नउठेपछि ढोका फोडेर हेर्दा मृत फेला परेका गिरीले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *