नगराइन नगरपालिकाका मेयर र उपमेयरको पुतला जलाइयो
टुडेपाटी-
जनकपुरधाम, पुस २८ गते ।
धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरू मेयर र उपमेयरको पुतला जलाएका छन् ।
७ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको
ज्येष्ठ नागरिकहरूले बुधबार साँझ मेयर विनय यादव र उपमेयर राधादेवी यादवको पुतला राधादेवी यादवको पुतला जलाएका हुन् ।
स्थानीय भोला दासको अध्यक्षतामा ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी पुस २४ गते आइतबारेदेखि ज्येष्ठ नागरिकहरू आन्दोलित भएका छन् ।
संघर्ष समितिले ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराएकोले बाध्य भएर आन्दोलनमा उत्रेको समितिका उपाध्यक्ष जागेश्वर सादाले बताए ।
Sponsored