TodayPati

फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु : गृहमन्त्री लामिछाने

टुडेपाटी–
काठमाडौं, पुस २७ गते ।

नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

Sponsored

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।

बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गर्दा जवाफमा उनले भने, ”मैले देखिनँ । पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *